अघिल्लो दिनसम्म थाहा थिएन, बारपाक भोलि गइन्छ वा गइन्न । हामी लगत्तै स्याङजा (घर) पनि नगइ नहुने थियो । हामी खर्चको कारणले बारपाक वा स्याङजा एउटा ठाउँमात्र जान सक्थ्यौं । बारपाक जाने हो भने विहान ६ बजे नयाँ वसपार्कमा पुग्नु पर्ने तर ७ बजे उठिएछ, ८ बजे सम्म त्यत्तिकै अलमलमा रह्यो, अलमल गर्नुको कारण खर्च नै थियो । अन्त्यमा जे त होला भनेर आ–आफ्नो झोला बोकी बर्षौ देखि जान इच्छा भएर पनि जान नसकेको ठाउँ बारपाक, गोरखा जाने भयौं । बारपाककै दिदीले भने अनुसार गाडी छुटिसकेकोले दुई तिन ठाउँमा हामीले गाडी फेर्नु पर्ने भयो । त्यो दिन नेपाल सरकारले भन्ने गरेको नयाँ वर्षको अघिल्लो दिन थियो । नयाँ वर्षले गर्दा दिकट पाउनै धौं, खैरेनी (बारपाक जाने बाटो) सम्म सधै तिर्ने भाडा भन्दा बढी तिरेर टिकट काट्यौं, हामी माइक्रो चढी खैरनी लाग्यौं । नयाँ वर्ष मनाउन प्राय युवा युवतीहरु जोडी कसेर गइरहेका देखिन्थे भने कोही बाइकको जुलुस जसरी हुल बाँधेर गइरहेका थिए, नयाँ वर्ष मनाउने संस्कृति पनि अचम्मले बढेको रहेछ ।
मनमा खुल्दुली बीचमा खैरनीबाट १२ किलो झरेर बालुवा जान लाग्यौं, त्यहाँको खुद्रा पसल, मानिससँगै अटेस मटेस गाडीमा राखिएका सामानहरुले नै गाउँ जाने नाका हो भन्ने भान दिन्थ्यो । १२ किलोबाट बालुवाको लागि बस हिड्यो, बाटो वरिपरिको सुन्दर घर, हरियो हिउदे धानका व्याड, धुलाम्मे कच्ची सडक, वरिपरि बाटोमा बनहरुतिर गाउलेहरुले नै लगाएको डढेलो, भैसी काटेर भाग लगाई रहेको बस्तीको दृश्यले गाउँका यादहरु दिन्थ्यो । बाटोमा ठुला ठुला डोजरले बाटो बनाउदै र खोलामा पक्की पुल निर्माण पनि हुदै थिए ।
बसमा शुरुमा टनाटन यात्रु र सामानको लोड भएकोले हामी सिटमा बस्नेलाई सजिलो भयो । बालुवा पुग्न आधा उदी नहुदै यात्रुको सँगै झर्ने सामानले गाडी हलुका हुदै गयो, त्यसपछि कच्ची सडकको खाल्डा खुल्डीमा कहिलेकाँही त यसरी उफ्रन्थ्यो कि टाउको सिटमाथि ठोकिन पुग्थ्यो । बसको पछाडिको सिट सबै लथालिङ भइ सकेको थियो, त्यही उफ्राइमा सिटमा जम्मेको धुलो बस भित्र नै आँखा नदेख्ने गरि धुलाम्ये हुन्थ्यो, बस रोकिदा फेरि धुलोको मुस्लो त्यसरी नै बस भित्र पस्थ्यो । एकचोटि त बारपाक हामीलाई अति टाढा लाग्यो, खोलै खोला त्यत्रो समय कुदाउदा पनि कहिल्यै नआउने, खोलाको मुहान मै होकि क्या हो बारपाक भनेर रेला पनि गरियो ।
एक ठाउँमा एक जना फुल माया नामकी दिदीले काक्रो बेच्दै थिइन्, बिहानै काटेर होला काक्रो खुम्चिएको थियो, तर दिदीको अुनहार पनि त्यो सुक्न लागेको काक्रोको भन्दा कम थिएन त्यस माथि पनि अनुहारमा नमिल्दो (ओभर)े मेकअपले अनुहार हेरि नसक्नु थियो ।
बालुवा कहिले पुगाउला, अनि बारपाकको लागि गाडी पाइन्छ कि पाइन्न भनेर मन आत्ति रहेको थियो । हामी ५ बजे साँझ बालुवा पुग्यौं बारपाक जाने गाडी छुटीसकेछ,, बारपाक जाने ट्याक्टर पाइन्छ कि भनेर सोध्यौ कही पाइएन् । मान्छे बालुवा भए पनि मन बारपाक पुगिसकेको थियो, आज बालुवा बसियो भने भोलीको दिन पनि त्यत्तिकै जाने थियो किन कि बारपाक जाने गाडी भोली दिउसो २ बजे वरिपरि मात्र त्यहाँबाट जान्थ्यो । केही पाइला भए पनि अगाडी बढ्नु पर्छ, भनेर ३ वटा चाउचाउ किनेर फेदी (बालुवा भन्दा माथि) सम्म जाने निर्णय भयो । बारपाकमा नेपाली नयाँ वर्ष रमाइलो हुन्छ भन्ने सुनेका थियौ, त्यो रमाइलो हेर्न मलाई औधी मन थियो छुट्ने भयो भनेर चिन्ता लाग्यो । हामी सँगै बसमा आएको एक जना दाईले हामी हिड्न सक्दैनौं भनेर बालुवामा नै छाडेर हिडी सक्नु भएको थियो । फेदी पुग्ने ध्येयले रात पर्न लागेको नौलो ठाउँ एक छिन भए पनि गाडीबाट झर्दा चिनेको दाइसँग हिड्दा अलिक सुरक्षित महसुस ग¥यौ । दाईलाई भेटाउने गरि हिड्यौं र केही समयमा नै उहाँलाई भेट्यौ । गफ गर्दै जाँदा, उनीहरुको हिडाइमा हाम्रो पनि हिडाइको गति मिलेकाले दाईलाई विश्वास लाग्यो कि के हो ? यदि जान्छौं भने बारपाक मुनि मेरो गाउँ छ, त्यहाँ सम्म हिड्न सक्छौं भने जाउ भन्यो, द्वारिकाले फुर्तिका साथ, हुन्छ भनि हाली । दाईको अर्को साथीले प्याट भनि दियो कि हिडाईबाटै थाहा हुन्छ नि उहाँहरु हिड्न सक्नु हुन्छ । नचिनेको ठाउँ त्यस माथि अध्यारो हुदै थियो, एक तिर मनमा मान्छे कस्तो हो डर लागिरहेको थियो । आफ्नै समुदायकोे भने पछि हामी भन्ने भावना बढी नै हुदो हो, मेरो गाउँको रहनसहन, चालचलन, समुदायको बारे उत्सुकतापूर्वक सोधे, मैले पनि सोधे, विस्तारै मलाई डर भन्दा भर लाग्न थल्यो । दाईले मान्द्रेमा खाने, सुत्ने व्यवस्था म गरिदिन्छु, नभए मेरो घरमा डेढो खाएर सुतौला (अरु दिन नसके पनि गरिबले कम्तिमा पनि डेढो त दिन सक्छन् नि भनेर यो वाक्य प्राय धेरै गाउँमा प्रयोग गरिन्छ, जहाँ डेढो प्राय गरिबहरुले मात्र खान्छन् भन्ने मान्यता हुन्छ, त्यो दाइ पनि डेढो भन्दा भात राम्रो भन्ने मान्यताबाट अछुतो हुनु भएन् ।) बारपाक मुनिको मान्द्रे गाउँको काल्पनिक दृश्यहरु मेरो आँखामा नाचिरहेका थिए, बिहान उठ्ने वित्तिकै घरको आँगनबाट हिमाल, डाँडाकाँडा र बस्तीहरु हेर्दा मन कस्तो होला, मन बेचैन भइरहेको थियो ।
फेदीमा खाजा खाने भयौं, लोकल माछासँग खाजाको स्वाद सा¥है मिठो भयो, पसलहरु पहिला गाउँघरमा सदरमुकामबाट भारी बोकेर आउदा थकाइ मार्ने चिया पसलहरु जस्तो लाग्थ्यो । एकै छिनमा बारपाक जाने एउटा ट्याक्टर आयो तर ट्याक्टरको लाइट बिग्रेकाले बारपाक नजाने तर लाइट बिग्रे पनि मान्द्रे सम्म जाने भन्र्दै थियो । तर ट्याक्टरमा जानु भन्दा आफूलाई हिडेरै जाउ जस्तो भइ सकेको थियो, मन भित्र बाटै आएको जोश नै अर्कै थियो त्यस माथि, रु ४०० पनि बच्ने । त्यो दाईले कता ट्याक्टरमा जाउ भन्ने चिन्ता, ट्याक्टर नजाने भयो । त्यसपछि मान्द्रेको दाइ र उनका दुइ छोरासँगै करिव साँझ ८ बजे तिर फेदीबाट उकालो लाग्यौं, हामीसँग लाइट नभएकोले अफ्ठ्यारो पर्ला कि भनेको त दाईको सामसुङ ग्यालेक्सी मोबाइलको लाइटले हामीलाई बाटो देखाउने काम ग¥र्योे । मलाई उकालो चढ्दा कति ठाउँमा मुटु फुट्ला जस्तो हुन्थ्यो, भोलि बारपाक पुग्ने धुनले ती पिडा भुल्थे । मलाई गाउँघरमा मेलपात गरेर बेसीबाट लेक चढेको दिनहरु सम्झाना आयो । हामी उकालो चढ्दा कति ठाउँमा डोजरले भत्काएको पुरानो बाटाहरु र सडक विस्तार गर्दा थुप्रिएको माटोले हिड्न सा¥है अफ्ठ्यारो बनाउथ्यो, कति ठाउँमा तल हेर्दा छाँगा जस्तै लाग्थ्यो । डोजरले खनेको बाटोमा हिड्दा कहिले धुलो, कहिले पुरनो बाटो सटकट भन्दै गाउँको भाईहरुको गतिमा हिड्दा चिप्लेर तलतल जान्थ्यो तथापि हामी चार खुट्टे बनेर छामछुम गर्दै उकालो चढ्यौं ।
दाइले म र द्धारिका बीच नाता सोध्यौ श्रीमान् श्रीमती भने पछि पक्का हो नि भनेर प्रति प्रश्न गर्दै हुनु हुन्थ्यो । श्रीमान श्रीमती भन्छन् घुम्न आउछन्, बस्न दियो, रमाइलो गर्छन्, बजारका केटाहरु त्यत्तिकै केटीलाई अलपत्र पारेर जान्छन् त्यसैले सोधेको रे । मैले फेरि हो भने । तर दाइलाई विश्वास लागेनछ क्यारे फेरि त्यहि प्रश्नलाई व्याख्या गर्दै हुनु हुन्थ्यो, म कसरी प्रमाणित गरौं, म अनुत्तरित भए । मैले कुरा विस्तृत बताए पछि उहाँले विश्वास गर्नु भयो, तर वास्तवमा गर्नु भयो कि भएन थाहा भएन । दाईको अनुसार धेरै युवा जोडीले गाउँलाई मोजमस्तीको थलो बनाएछन् कि जस्तो लाग्यो ।
चकमन्न रातमा उकालो चढ्दा तलबाट बाइकमा एक जना युवा आइरहेको थियो, पछि पछि अरु साथीहरु रहेछन् । उनीहरु नयाँवर्षमा वारपाकमा नयाँ फिल्म देखाउन रे, नेपाली फिल्मले बजार तिर दर्शक पाउन छोडे पछि बाक्लो बस्ती भएको गाउँ तिर छिरे जस्तो थियो । हामीसँग हिड्ने दाइ म माथि गाउँमा खान भनि दिन भनेर उसँग बाइकमा गयो । उनको दुई छोरा र हामी दुई उकालो लाग्यौं, ती भाईहरु गुरुङ भए पनि हाम्रो भाषा मिलेन भाइ भन्दै थियो यो घले भाषा हो, गुरुङ भए पनि त्यता तिर भनिने घले भाषा बोल्दा रहेछन् । गाउँको मुनि चिहान घारी रहेछ, गाउँतिरको भुत प्रेत मसानको किम्बदन्तीहरु सम्झेर मन धक्क फुलेर आयो, त्यसै त चुक जस्तो अध्यारो जंगलको बाटो यो कुरा भन्यो भने अरु डराउलान् भनेर मन दरिलो बनाए ।
भाइहरुलाई लिन उनको आमा र दिदी आएका रहेछन्, माथिबाट के बत्ती बलेको थियो सानो भाई हराएको चल्ला माउ देख्दा कुदे सरी उकालोमा हामीलाई छोडेर दौडियो । भाइहरुको आमाले घर तिर जाउ भने तर दाईले माथि अर्को बस्ने ठाउँ खोजेकाले सानो भाईलाई आमासँग पठाएर ठुलो भाई हामीलाई घर चिनाउन गयो । गाउँघरमा अझै पनि गाउँलेकोे दिने सदभाव कायम रहेछ, यसले मन छोयो ।
उकालो चढ्दा सबै भन्दा बढी पानीलाई सम्झे । त्यहि बीचमा स्कूलमा धित मरुनजेला पानी खाइयो, भाईले भनेको फेदीबाट त्यहाँ स्कुल पढ्न आउने रहेछ कति त फेदिबाट बारपाक पनि आउछन् रे, त्यत्रो उकालो बाफरे ।
एकै छिनमा हामी बास बस्ने घर आइ पुग्यौ, बाइक चढेर आउने दाईहरु भन्दा पहिले हामी पुगेछौं, एक छिनमा चिसो खादै उनको बुवालाई पर्खियौं त्यसै बीचमा परिचय भयो, म गुरुङ भएकोले उहाँहरु उत्सुकता पूर्वक कुन गुरुङ भनी सोधे । मैले ङोरा भने पछि अक्मकिनु भयो, उहाँको अनुहारले ४ र १६ जातको कुरामा अक्मकियो जस्तो लाग्यो, मैले भनि दिए तपाईले भने जस्तो त्यो दुइ वटामा कुनैमा पर्दैन । आमा र छोरीमा ईशारामा गफ भयो, तिनीहरु भन्दा सानो भन्ने लाग्यो कि क्या हो, अनुहारको हाउभाउ अलि ङिच्च पा¥र्यो आमालाई छोरीले घले भाषामा ४ र १६ पर्दैन रे के भन्यो, उनीले आफूलाई सम्हाली । मलाई आधा घण्टा जति व्याख्या दिन मन थियो, के गर्ने हिन्दुकरण गर्ने क्रमको अवशेषको रुपमा लिए, सामाजिक यर्थाथ सम्झे । दृश्य हेर्न लायक थियो । मलाई त त्यो भाई आफ्नै लागेर मैले केही पैसा दिन लाग्यो मरिकाटी लिन मानेन । अन्त्यमा ती दाईलाई धन्यवाद भनेर हामी छुट्टियौं ।
हामीलाई सा¥है आनन्द लागि रहेको थियो, भोलि समयमा बारपाक पुगिने भयो भनेर, हामीलाई त बास मात्र खाँचो थियो तर हामीले लाख (गाउँघर तिर धेरैलाई लाखसँग दाज्छन्) पायौं, शुरुको त्यो दृश्य बाहेक एकदमै सौहार्दपूर्ण वातावरणमा भयो । घरबेटी बा वडा अध्यक्ष रहेछन् क्यारे, आफ्नो कार्यकालमा यसरी पानी ल्यायो भनेर हामीलाई सुनाउदै थिए । मान्द्रे पुगे पछि मलाई लेकको झल्को दिइ रहेको थियो ।
बिहानै ६ बजे घाम नआइसक्दा वारपाक पुग्ने हाम्रो धोको थियो, त्यही अनुसार हामी उठेर हिड्यौं । फेरि यता आउदा बस्ने बाचा गर्दै अब आउदा गोरखा माथिल्लो बेल्ट तिर घरवेटी बा आमा सँगै जाने बाचा गरेर हामी हिड्यौं । बिहानी पख उकालो चढ्दै डाँडाकाँडा बस्तीहरु हेर्नु, ऐंसेलु टिप्दै खादै फोटो खिच्दै चढ्नु सा¥है रमाइलो भयो । गाउलेहरु मकै गोड्दै थिए, स्वतन्त्रपूर्वक गाउँ हिड्नुको मज्जा नै बेग्लै । राँगो लिएर बाली लाउन हिडेकाहरु, १० १५ वटा भेडा लिएर भेडा चराउन आउनेहरु भाइ बहिनीहरु, गाउँको बनभोजको लागि बजारबाट बोइलर कुखुराहरु डोकोमा बोकेर आएको दृश्यहरुले गाउँको चरित्र बुझन सहयोग गरि रहेको थियो ।
|
मृत्यु भएको परिवारका सदस्यको नाममा बनाइएका पाटी |
मृत्यु भएको परिवारका सदस्यको नाममा बनाइएका थकाइ मार्ने पाटीहरुले त्यो गाउँको सांस्कृतिक आयामहरु बताउदै थियो । घाम पनि झूल्किनु बारपाक पनि पुग्नु क्या मज्जा, बोइलर कुखुरा बोक्ने दाईसँग कुरा गफ गर्दै हिड्दा बरपाक पुगेको थाहा नै भएनछ, एक हुल मकै गोड्नेहरु हामीलाई हेरि रहेका थिए । गाउँमा को आयो भनी चासो राख्ने त गाउँको विशेषता नै हो ।
हामी के बारपाक छिरेको थियौं एकै छिनमा मेरो आँखा सार्वजनिक शौचालयमा प¥र्यो, मलाई क्या आनन्द लाग्यो, गाउँमा सार्वजनिक शौचालय पनि रहेछ भन्न के लागेको थिए । शौचालयको ढोका फोरिएको रहेछ, ढोका कुचिएको थियो, सार्वजनिक भने पछि सबैको व्यवहार त्यही त होला नि, सार्वजनिक भनेर हेला गरे कि । बारपाकमा अति सुन्दर ढुंगाका छानाहरु भएको घरहरु देखे, मन साह्रै बहकियो, तर मैले सोचेको सुनेको र अपेक्षा गरेको बारपाक जति थिएन । मेरो अपेक्षा बढी भयो कि जस्तो लाग्यो । एकै छिनमा होम स्टे घरमा पुग्यौं परिचय आदान प्रदान भए पछि घुम्न आएको भनेर हामी खाना खानु भन्दा पहिला एक चोटी नुहाएर गाउँ घुम्यौं ।
गाउँ घुम्दै जाँदा बनभोजको माहोल भएकोले ठुला ठुला संगीतको आवाजले गाउँ नै घन्किरहेको थियो । यहाँ टोल अुनसार बनभोज हुदो रहेछ । हामी शुरुमा दलित बस्ती माथिको बनभोजमा गयौं, दलित घले र गुरुङहरुको संयुक्त बनभोज रहेछ ।एकजना अधवैंशे जतिको दाजु विहानै तिनपाने दिएछन् क्यारे टुटेफुटे अंगे्रजीमा Where from?? Where from?? भन्दै थिए । म यहाँबाट आएको भनेपछि पुरा तालमा गाउँको वर्णन ग¥र्यो । गीतमा रोइला भाका बज्दै थियो, जहाँ हिन्दु संस्कृतिको जनाउ दिन्थ्यो । एक जना बाजे भेटेको यहाँको नेता दल कुमारी हो, तिनीहरुले मेरै घरमा गुरुङ÷घले संग्रहालय बनाउदै छन भन्दै हुनु हुन्थ्यो ।
|
बारपाक गाउँ अर्कोतिर |
पहिलो दृश्य नै दलित बस्तीमा प¥र्यो, त्यहाँ त्यो बस्ती गाउँको छेउमा थियो । बनभोजको लागि कति ठाउँमा कुखुरा, कति ठाउँमा भेडा काटेका थिए । गाउँमै पाउरोटी कारखाना, हेयर ड्रेसर, व्युटी पार्लर, बोइलर कुखुराको फार्म, पुल स्नुकर, कम्प्युटर इन्टरनेट, लोड सेडिङ नहुने बिजुली बत्ती, गाउँ भित्र होटल अनि त्यस माथि पक्की घर बनाउने होडबाजीले गाउँ भित्र शहर पसिरहेको थियो । तर गाउँमा डोको बोकेर उन कात्दै हिड्दै गरेका आमाहरु, बाक्लो बस्ती भित्र भेडा बाख्रा दौडिरहेकोे, बुढा बाजेहरु डोको बुनी रहेको, ढुंगाले छापेको बाटाहरु, बच्चा चोयाको कोक्रोमा बोकेर हिढेको दृश्यले साच्चै आनन्द दिलाउथ्यो ।
|
घाँस काटेर आउदै |
|
डोको बुन्दै |
|
मुड्को बोकेर ल्याउदै |
गाउँमा दिउसो बनभोज रहेछ, हामीलाई बोलाएर गएपछि शरुमा निकै अप्ठ्यारो मानि मानि गयौं । भेडाको मासु चिउरा खाना खाएर नाचेर रमाइलो गर्ने रहेछ, हामी केही खाएर अलि माथि तिर गएर त्यहाँ बारपाक गाउँ हेरि रहयौं । बाख्रा चराउन गएको एकजना ७० कटेको बाज्यैसँग गफ भयो । मैले उहाँलाई यस्ता बनभोज तपाईको पालामा हुन्थ्यो कि हुन्थेन भनेर सोधेको, यो भाको नै बल्ल ७ ८ वर्ष भयो कि भन्दै हुनु हुन्थ्यो (ठिक समय पत्ता लगाउन सक्नु भएन) । गाउँको भन्दा शहरको चाल चलनहरु राम्रो भन्ने परिपाटी कसरी फैलिदैछ, चाहेर वा नचाहेर पनि शहरका मान्यताहरु कसरी गाउँ भित्रदैछन्, त्यसमा सरकारको सार्वजनिक विदाहरुले सबैको सहभागीको लागि कसरी सघाउ पु¥याउदैछ । गाउँबाट पढ्न निस्केका पुस्ता, विदेशमा काम गर्न गएका दाजु भाइ तथा दिदी बहिनी, अनि सदरमुकाम, बजार तिर बस्नेहरु कसरी यि परिवर्तनका संवाहक बन्दैछन् । यो एउटा घटनाले धेरै बोल्छ, जस्तो लाग्यो । (यस मुद्दामा आगामी लेखहरु हेर्र्दै गर्नुहोला)
|
बनभोज कार्यक्रम |
|
बनभोज सहभागीहरु |
हामी एकै छिन तल दलित र गुरुङहरुको संयुक्त बनभोजमा आइपुग्यौं । नाचिरहेकोले भिडियो खिच्नु प¥यो भनेको त, द्वारिका र मलाई नाच्न पो लगाए, द्वारिकाले त नाचि पनि दियो । खाना खान अुनुरोध गरे, दिमागले खा भनिरहेको थियो, मनले नखा भनिरहेको थियो, मेरो मनमा त्यति खेर दलितको भोज भनेर अखडा जमायो कि (म भित्र अझै खराव मुल्य मान्यताको जरा कायमै रहेछ, देखाउने कुरा रहेनछ, घटनाहरुमा देखिने कुरा रहेछ, थुक्क म) अर्को अरुको ठाउँमा खाना खादैं हिड्नु अप्ठ्यारो लागिरहेको थियो । गुरुङ घले दलित सबै सँगै खाएको देख्दा म दंग परे, यो माओवादी जनयुद्धकोे उपज रहेछ । मलाइ चार्हि यो गजब लाग्यो । माथि माइकबाट भन्दै थिए, खाना खान छिटो आइदिनुहोला, घर लगेर नखानु होला, त्यति नै बेला एक जना घले बाजे ओर्लि रहेको थियो, एक जना दलित दिदी खाना खान बल्ल जान लागेछ, साथीलाई छिटो जाउ भन्दै थियो । घले बाजे ले रवाफ देखाइदिइ हाले, कुजातहरु किन ढिलो गरेको हामी घलेहरु गएर आइसक्यौं, कुजात भनेको कुजातै हुन्छ, खाको तालमा ठोकी हाले तर ति दलित दिदी त्यसलाई बडो सामान्य पूर्वक लिदै थियो । नकाराइ जा बुढो रक्सी लाएर किन बाटो बाटो फलाक्दै हिड्छौं, ठुलो जातको प्रभुत्व कसरी झेली रहेका छन् भनी प्रष्ट देखिन्थ्यो, द्वारिकालाई ज्यादै नमिठो लाग्यो ।
फेरि गाउँ घर घुम्न गयौं । गाउँघरमा बाटो भरि एसियन पेन्ट लेखिएको डस्टबिन राखिएको थियो । तर कति डस्टविनहरु बिचमा कुचिएको देखियो बाबा आमाहरुलाई सोधी हेर्दा केटाहरु राती रक्सी खाएर राती रिस डस्टबिन माथि पोख्दा रहेछन् । गाउँमा अहिले पुरानो घरको सट्टा धमाधम नयाँ विल्डिङ बनाउदै रहेछ, जसले बारपाकको सुन्दरतामा कुरुपता थप्नेवाला छ । गाउँमा ढल भए पनि फोहोर मैला असरल्ल ढलतिर देखिए, जसले बारपाकलाई नराम्रो देखाइरहेको छ ।
|
बन्दै गरेका नयाँ घरहरु |
|
मुख्य चोकमा देखिएको ढलको दृश्य |
साँझ होम स्टेका बुवाले भेडा पुजा गरेर फर्के पछि भेडाको मासु खाने भइयो । भेडाको मासु पकाउदै गफ गर्दा, घलेहरु पहिला त गुरुङहरुलाई अगेना पनि छुन दिदैनथे रे, अहिले दिदो रहेछ, मलाई भेडाको मासु खाने धोको थियो । होम स्टेको आमाले मासु सानो प्लेटमा थोरै राखेर दिए पछि मलाई खाउ जस्तो नै लागेन र अरु मासु खाएनौं । होम स्टेको आमा एकचोटी कुइरे आउदा हातको इसारामा बोल्न नसक्नेले झै गफ गरेर काम चलायौ भन्दै अभिनय गर्दै हसाउदै हुनु हुन्थ्यो । खाना खाए पछि बारपाकको बारेमा थप जानकारीहरु लिएर आराम ग¥यौं र भोली बिहानै झिसमिस मै बारपाकको आमापाटीको नृत्य, घाटुहरु, हिमालको दृश्य, लाप्राक जाने धोको आदि इत्यादिलाई अपुरो छोड्दै फक्र्यौ । गाउँ अति सुन्दर रहेछ, भिरमाथि समथर भागमा बसेको बस्ती एकचोटी तपाई पनि जाने कि ?? तपाइको पैसा खेर जादैन अन्त्यमा हामी बारपाकको चिनो एउटा डोको लिएर घर आयौं ।
|
घर |
|
बाल बालिकाहरु खेल्दै |
थप हामीले तयार पारेको भिडियो पनि हेरौ है