Thursday, December 30, 2010

के हो तमू ल्होछार

अर्थमा हेर्ने हो भने 'ल्हो' अर्थ साल, संवत, वर्ष, उमेर हो भने 'छार' अर्थ नया हो । यसैले ल्लोछार भनेको नया वर्ष आगमन गर्ने चाड हो वास्तवमा तमूहरुको धर्म संस्कृति अनुसार १२ वटा ल्हो  अर्थात वर्ग चक्रमध्ये प्रत्येक पुष १५ मा वर्ष परिवर्तन -ल्हो तोवाः) हुन्छ । ती १२ वटा ल्हो जनावरको नामबाट राखिएको छ जस्तै गाई वर्ग -ल्वोल्हो) बाघ वर्ग -लोल्हो), बिरालो वर्ग -हिल्हो), गरुड वर्ग -मुपि्रहल्हो), सर्प/नाग वर्ग -सपि्रहल्हो), घोडा वर्ग -तल्हो), भेडा वर्ग -ल्हुल्हो), बादर वर्ग -प्रल्हो), चरा वर्ग -च्यहल्हो), कुकुर वर्ग -खिल्हो), मृग वर्ग -फोल्हो), मुसा वर्ग -च्युल्हो) ।

यो नै प्रत्येक पुष १५ मा एउटा वर्गको विदाई गरी नया वर्गलाई स्वागत गर्दाका प्रतिनिधि हुन् । यसै अनुरुप तमूहरुले २०५६ पुुष १४ गते विदा गरेको बिरालो वर्ग -हिल्हो) लाइै २०६७ पुष १५ गते स्वागत गर्दछौ । यसरी १३ वर्ष पछि आउदो वि.सं २०७९ मा बिरालो वर्गलाई स्वागत गरिनेछ । यसरी नै वर्ग चक्र -ल्हो कोर) परिवर्तन भइरहने छ । यसरी पुष १५ को वर्ग परिवर्तन -ल्हो तोवाः) लाई उत्सवको रुपमा बनाउने संस्कृति नै वास्तवमा ल्होछार हो ।

खगोलशास्त्र अनुसार पुष १५ का दिन सुर्य पृथ्वीको दक्षिण मकर रेखामा पुगेर उत्तर कर्कट रेखातिर र्फकने दिन पर्ने हुदा त्यो दिनलाई तमूहरुले वर्ग परिवर्तन -ल्हो तोवाः) मानेको छ । त्यसदिन देखि सुर्य उत्तरायण लाग्छ । त्यस देखिनै रात छोटो दिन लामो सुरुवात भएको मानिन्छ । ज्योतिष शास्त्र अनुसार अषाढ १५ लाई सबैभन्दा लामो दिन र पुष १५ सबैभन्दा लामो रातको रुपमा लिएको पाइन्छ । यसो भनी राख्दा डिसेम्बर २२ पश्चिमी खगोल शास्त्रीहरुले निर्धारण गरेका छोटो दिन लामो रात हुन्छ भन्ने विचार र पुर्वेली वेदाङ्ग शास्त्रले पौष शुक्ला प्रतिपदालाई नयाावर्ष मान्ने परम्परासाग नजिक छ ।


ल्होछार पुष शुक्ल प्रतिपदामा तोला, पुष १५ मा तमू -गुरुङ) ले मनाउने ल्होछार, माघमा शुक्ल प्रतिपदामा तमाङले मनाउने सोनाम र फागुनमा प्रतिपदामा शेर्पाले मनाउने ग्याल्पो गरि अहिले सम्म नेपालमा  चार थरीका पाईन्छ । तोला सूर्यमा, १५ पुष गतेमा, सोनाम र ग्याल्पो चन्द्रमामा आधारित छन् । ल्होछार तमू -गुरुङ), तमाङ, शेर्पा बाहेक नेपालका थकाली, भोटे, हृयाल्मो, मनाङगे, थकाली, दुरा, जिरेल, लोमी, लेप्चा, भुटिया, डोल्पाली, हुम्ली, सिङमा, खाम मगर, नेस्याङवा लगाएत हिमाली पहाडी मुलका आदिवासीले पनि मनाउदै आएको पाइन्छ । अब दुई तिन महिना भित्रमा यस वर्षको मंगोलियन नया वर्ष चीन, मंगोलिया, जापान, हङकङ, भियतनाम, लाओस, थाइल्याण्ड, ताइवान, मलेसिया, बर्मा, भुटान लगायतका साथै भारतको दार्जिलिङ, सिक्किम, अरुणञ्चल प्रदेश जस्ता ठाउामा मंगोल समुदायले आˆनै तरिकाले धुमधामसाग मनाउछन् ।

ल्होछार मनाउने तरिका जाति र देश अनुसार फरक आर्थिक, सामाजिक तथा साास्कृतिक अवस्था र परम्परा अनुसार पृथक छन् । नेपालमा चाहि तमूहरुले पुष १५ आउनु भन्दा पहिले देखि नै खेलकुद, अन्तरक्रिया, बौद्धिक क्रियाकलाप गरेर ल्होछारको खास दिन नाचगान गदै परम्परा देखि चल्दै आएको एक थलो जम्मा भई सहभोजन गर्ने चलनलाई निरन्तरता दिदै ल्होछार मनाएको पाइन्छ । साथै पौष १५ पछिको पौष भरि नै हर्सोउल्लासको साथ स्योर्कै खादैं ल्होछार मनाउछन् ।