Monday, August 27, 2012

जादा जादै युवाको सानो, तर मर्म बोकेका हरफहरु

युवा क्षेत्रमा जानी नजानी लागेको पनि पाँच छ वर्ष भएछ, यो क्षेत्रमा नेतृत्व तहमा बसेर काम गर्ने दिन सकिदै गएको पत्तै भएनछ । हामीले साढे दुइ वर्ष अघि अलि अलि दम्भ, त्यो भन्दा धेरै काम गर्ने हौसला अनि युवाको क्षेत्रमा केही गर्छु भने जोश र जाँगर बोकेर युवा बनाउने हिम्मत गरेका थियौं । युवा संस्थाहरुमा देखिएको बुढा युवाकरण, युवाक्षेत्रमा अवसर देखेर युवा क्षेत्रमा काम गर्छु भनेर गफ ज्यादा, काम र मिहेनत कम गर्ने, अनि नेतृत्व पाए पछि आफू अनुकुल व्याख्या गर्ने अनि जताबाट भए पनि आफु टाँसिने अनि युवासँग काम गर्छु भन्ने युवाको व्यवहार अनुसार चल्न नसक्ने प्रवृत्ति भन्दा हामी फरक धारको युवा संस्था हामीले बनाउन कोशिस गरेका थियौं । त्यो कति पुरा भयौ भएन मुल्याङ्कन गर्ने जिम्मा तपाइको...। आज आएर धेरैलाई थाहा नहुन सक्छ, युवा संस्था चाँहि कसरी चलेको थियो त... केही कुरा मात्र !

क) युवा सुरु गर्दा नगर्दा देखि नै हामीसंग एउटा डेलको बुढो ल्यापटप (त्यो ल्यापटपमा वृत्तचित्रहरु देखायो भने समान्य हलमा स्पीकर आवश्यकता पर्दैन थियो) र मोटरसाइकल चाहिदा हिरो होण्डाको स्ट्रीट बाइक सन्तोषले उपलब्ध गराएको थियो । हामीले सामान किन्न होलसेल पसल खोज्दै हिड्दा काठमाडौंको गल्ली गल्ली र काठमाडौ उपत्यका वरिपरिको युवाको कार्यक्रममा धेरै पटक हाम्रो सारथी बन्यो । कयौ पटक अफिसको मालबाहक ट्रक जस्तै बन्यो, त्यो बाइक... । युवाको त्यो हिरो होण्डाको स्ट्रीट बाइकसँग नाता अझ पनि मलाई गजव लाग्छ ।

ख) युवा सुरु गर्दा सबैले लागि चिया खाने कप आफैले ल्याउनु पर्ने भयो । हामीले सबैले जसरी सक्छ, त्यसरी नै सहयोग गर्‍यौ । साथीहरुले कसैले पैसा दियो, कसैले वेव पेज होस्टीङ गरिदिए, कसैले घरबाट टेबलकुर्सी ल्याए, कसैले किचनका सामान किनिदिए । हामी अफिस अर्कै पाराको बनाउन चाहन्थ्यौं, हामीसँग पैसा पर्याप्त नभएको हुदा आर्र्टिस्ट साथीहरु ल्याएर पेन्टीङहरु बनाएका थियौ । काम गर्ने कोठा युवा वर्क स्टेशन, सामान राख्ने र चुरोट पिउने ठाउँ युवा गुफा, नया युवा साथीहरु आएर बसाल्ने ठाउँ युवा चौतारी, युवा छलफल, बहस गर्ने ठाउँ युवा विश्वविद्यालय नामाकरण गरिएको थियो ।
अफिस सेट गर्न काम गर्दै

ग) युवाको सुरुवाती दिनमा हामीले कसैले पाँच हजार कसैले दुइ हजार युवाको नाममा जम्मा गर्‍यौं । तर कति केही महिना पछि सम्म, हामीलाई घरवेटी बालाई घरभाडा दिन पनि साहै गार्‍हो पर्‍यो, दुई तीन महिना सम्म भाडा तिर्न सकेको थिएन् तर हामीले घरवेटी बासँग गफ गरि उल्टो हामीलाई पचास साठी हजार दिन्छु भन्ने सम्म पारिदिएका थियौ ।

घ) युवा स्थापना गरेको नौ दश महिना तिर हुनुपर्छ, हामीले सोचेको रपतारमा काम गर्न सकि रहेको थिएन, कति बेला त लागेको थियो अब संस्था चलाउने खुविलिटि रहेनछ कि क्या हो हामीसँग । तर हामीले त्यति बेला पनि जर्बरजस्ती अगाडि बढायौं, कति साथीहरुले त घरमा बुवा आमासँग नि सल्लाह माग्नु भयो, तर हामी फेरि नयाँ तरिकाले सोचौं, नयाँ तरिकाले मिहनेत गर्‍यौं र अघि बढयौं ।

ङ) हामीले युवाको फेसबुकमा एउटा सानो स्टाटस लेख्दा पनि एकचोटि सोच्थ्यौं । एउटा सानो Flyer कार्यक्रमको बनाउदा सम्म हामीले कुन आइडियामा, कस्तो कलर आदि इत्यादिमा गर्ने भनेर बहस गथ्यौं । यहाँ सम्मा आउनुको पछाडि हामीले धेरै पटक धेरै ठाउँबाट सोचेर, निकै समय लगाएर गरेको सार्थक छलफल, वादविवाद, वहस हो । त्यस माथि हामी सके सम्म धेरै कुरालाई फरक तरिकाले सोच्ने र सिर्जनात्मक हुन कोसिस गरेकोले पनि हाम्रो कति कुरा  फरक लाग्छ ।

च) युवामा शुरुमा हाम्रो टिम नौ जनाको थियो, हामी नौ थरी  थियौं, कुनै कुरा गर्नु पर्‍यो भने कहिलेकही नौ  आइडिया आउथ्यो । हाम्रो विशेषता भनेको नै टिममा चल्ने थियो, प्राय सबै कुरा हामीले टिममा निर्णय गर्‍यौं । व्यक्तिलाई भन्दा पनि टिमलाई प्राथमिकता दियौं । हामी जति सुकै जान्ने भए पनि अझ सिक्नु पर्छ भन्ने भावना राख्थ्यौं । सबैलाई प्राय एक अर्काको व्यत्तिगत समस्या, भविष्यको योजना, कति कुरा त घरायसी पनि हामी सबैलाई मज्जाले थाहा हुन्थ्यो, जसले हामीलाई काम गर्न सजिलो गर्‍यो । पैसा हुदा लिन्थ्यौ, नहुदा लिन्थेनौं तर हाम्रो कामको गति खासै फरक परेन, फरक विषय फरक बिचार तरिकाले सोच्ने हामी बीचमा टिम स्पिरिट र यसको आयामहरु गजब थियो, कति ठाउमा  भित्र आशु भए पनि टिममा  हासो दिन सक्ने ।

छ) मलाई लाग्छ हामीले यो कार्यकालमा मिहेनत राम्रै गर्‍यौं । स्टेशनरी सामान हामी सिधा होलसेलकोमा जान्थ्यौ,  धेरै कुराहरु जस्तै वेवसाइट अपडेट, डिजाइन आदि युवामा हुदा हामी आफैले गर्‍यौं बरु धेरै पटक दोहोर्‍याएर गर्‍यौं ।   डिजाइन बोकेर हामी सिधा पि्रन्ट गर्ने ठाउँमा पुग्थ्यौं, सर्टिफिकेट कहिलेकाही बाहेक हामी पेपरको ठुलो रोल किनेर हामी नै काट्न लान्थ्यौं जसले गर्दा हाम्रो खर्च कम गरायो ।

अक्सफोर्ड विश्वविद्यालयमा डि.फिल गर्दै गरेका विद्यार्थी Andrea Koelbel ले युवामा बसेर काम गरे बाफत लेखेको नोट

ज) हामीलाई मज्जाले के थाहा थियो भने यहाँ काम गर्नेले प्रचार गर्न सक्दैनन र कतिले प्रचार गर्दैनन्, काम नगर्नेले बढी प्रचार गर्छन्, हामीलाई लाग्यो हामी काम पनि गर्छौ, आफुले गरेको कामको प्रचार पनि त्यसरी गछौं । हामी पनि डिजिटल  संसारलाई चिनेर त्यसको प्रयोग राम्रै गर्‍यौ कि ?

झ) हामीले युवा आउने नयाँ साथीहरुलाई आ अनुसारले काम गर्ने अवसर दियौ, हामीले प्राय यसरी गर, त्यसरी गर भनेनौ । हामीले कहिले पनि उसले लिएर आएको नयाँ आइडियालाई हाम्रो गराएनौ, हामीसँग काम गर्ने धेरैलाई याद होला, हामी कोही पनि कहिले पनि हाकिम भएनौ । साथी बन्ने कोशिस गर्‍यौं । हामीलाई याद छ, गर्छु भनेर कति दिन काम नगर्नेलाई पनि बोलाएर भए पनि हामीले फेरि अवसर दियौ । हामीलाई अझै पनि लाग्छ, युवा साथीहरुलाई कामको मामलामा सधै सेकेण्ड चान्स चाहिन्छ । त्यो साथीहरुलाई दियौ कि...

ञ) अजयकै भाषामा भन्ने हो भने त हामी कुरामा स्पष्ट थियौं, छलफल, विचार, बहस गथ्र्यौ, विवाद गथ्र्यौ, सहमति, असहमति जनाउथ्यौं, आफूले सकेको योगदान गथ्र्यौ अनि हामी निष्कर्ष पुग्थ्यौं । हामीले स्पष्ट रुपमा राख्थ्यौ। मलाई आज सोच्दा परिणाम र त्यसको असरलाई बढी हेथ्र्यौ कि जस्तो लाग्छ । युवा क्षेत्रमा काम गर्नेहरु युवाहरु र काम गर्छु भने बुढा युवाहरु प्राय काम र मिहेनत कम गर्ने, त्यो भन्दा बढी मेरो राइभल त्यो हो भन्दै हिड्ने प्रवृत्ति बढी देखिन्छ । युवामा काम गर्दा हामीलाइ कतिले राइभल संस्था सम्झे, कतिले प्रतिस्प्रर्धी संस्था सम्झे भने पनि हामीले उनीहरुसँग जहिले पनि साथीको व्यवहार गर्‍यौं ।

ट) हामीले काम गर्दा आइतबार, शनिबार, सरकारी बिदा, बन्द केही भनेनौं, यसले हामीलाई केही फरक पार्न सकेन । बन्द भए पनि कपनबाट रिचा हिडेर भए नि बानेश्वर युवा अफिस आइ पुग्थ्यो, कोही गोंगबु, महाराजगञ्ज, हामी भैसीपाटी थसीखेल जता भए पनि  अफिस  आइपुग्थ्यौ । हामी कहिले बिहान साढे पाँचै बजे नि अफिस खोल्थ्यौं, कहिले राती  १० बजे पछि सम्म नि अफिस बन्द हुदैन्थ्यो, हाम्रो युवा प्रतिको लगाव अनौठो थियो । कहिले काही हामी त्यत्तिकै नि बन्द गरेर फिल्म हेर्न घुम्न हिडि  दिन्थ्यौं । 

ठ)  युवासंग केही नहुदा पनि हामीले युवामा हाम्रो भविष्य देखेको थियो । युवा शुरु गर्दा हामी सबैले को कति समय युवा बस्ने भन्ने कुरा पहिले नै छलफल गरेको थियौं । सबैलाई तपाइ युवा छिर्दै गर्दा कहिले निस्कने भन्ने त्यो समय पनि निर्धारण गर्नुस् भनेका थियौं । हामीले युवा कसैको पैसा कमाउने थलो होइन, जिन्दगीको एउटा खुड्किलो हुनुपर्छ भनेका थियौं । साच्चै लाग्छ आज हामी सबै साथीहरुको जिन्दगीको खुड्किलो बन्यो । त्यहि अनुसार यही सन् २०१२ अगष्ट २५ देखि हामी शुरुको पुस्त्ामा नेतृत्व गर्ने साथीहरु म (रुख बहादुर गुरुङ), रिचा भट्टराइ, सन्तोष बोहरा, ध्रुब लम्साल, शुभ कायस्थ, बिनिता शर्माअजय उप्रेतीले नयाँ पुस्ता दिपेन्द्र के.सी., मेधा शर्मा, कञ्चन प्रसाद खरेल, सन्दीप गुरुङ, द्धारिका थेवे, सचेत गुरुङ, देविका राई, उर्सुला सिंहलक्पा लामा  युवाको नेतृत्व र सबै जिम्मेवारी हस्तारण गर्‍यौं ।

यहाँ सम्म सहयोग गर्ने सबै साथीहरु, दाई, दिदी शुभेच्छक सबैमा बिशेष धन्यवाद । नया साथीहरुलाई शुभकामना !

शुरुको सह संस्थापकहरु 

युवा टिम

नया टिम

जय युवा, जय होस्

काठमाडौ नेपाल, २०१२ अगष्ट २७

5 comments:

  1. Nice....and the words not only share your experience but gives us energy to work hard and harder...We can learn a lot from YUWA team and feel proud to be part of YUWA.....JAY YUWA and best of luck for the days ahead rukh dai...

    ReplyDelete
  2. Jai hosh Guru... wish for success in ahead life.. God BLess.

    ReplyDelete
  3. So mesmerizing felt so bonded with all the words you expressed. its all because of your team spirit and the hard work that made new team come together in that great bond.

    All my very best wishes

    ReplyDelete
  4. Quite touching Rukh.. All the memories working with YUWA is revived in this blog.. you have really picked the moments correctly. great !!

    ReplyDelete
  5. Awish wish for your guidances and blessings in our daily life; salute you for dreaming the innovative world for youths.

    ReplyDelete